सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपालभ्युज

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९४ हजार ८०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २१० तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved