युभेन्ट्स रियलसँग २-० ले पराजित

नेपालभ्युज

युभेन्ट्स रियलसँग २-० ले पराजित

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडले प्रि-सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्सलाई २-० गोल अन्तरले पराजित गरेको छ । अमेरिकामा आइतबार सम्पन्न खेलमा रियललाई जित दिलाउन कप्तान करिम बेन्जिमा र मार्को एसेन्सियोले एक-एक गोल गरे ।

खेलको १९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाए । ६९ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को जित दिलाए । प्रि सिजन टुरअन्तर्गत रियलले अमेरिकामा तीन खेल खेलेको छ । जसमा दुई खेलमा जित निकाल्यो भने एक खेलमा पराजित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved