हृदयेन्द्रलाई राजा देख्ने रवीन्द्रको रहर

नेपालभ्युज

हृदयेन्द्रलाई राजा देख्ने रवीन्द्रको रहर

काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रलाई राजाका रुपमा देख्ने चाहाना व्यक्त गरेका छन्।

पारास पुत्र हृदयेन्द्रको २१औं जन्मदिनको शुभकाना दिँदै सामाजिक सञ्जालमार्फत मिश्रले उनलाई राजा भएको देख्ने इच्छा व्यक्त गरेका हुन्।

‘‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु।’’ हृदयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै मिश्रले फेसबुकमा लेखेका छन्।

देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ फस्छ भन्ने निष्कर्षमा पुगेको भन्दै मिश्रले संकटका बेला मात्र सदुपयो गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राख्नुपर्छ भन्ने आफुलाई लागेको बताएका छन।

पछिल्लो समय मिश्रले राजसंस्था पुनःस्थापनाका पक्षमा वकालत गर्दै आएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved