प्रचण्डले भने– ‘अब दायाँ–बायाँ सोच्नुहुन्न, चुनावसम्म अहिलेकै गठबन्धन अघि बढ्छ’

नेपालभ्युज

प्रचण्डले भने– ‘अब दायाँ–बायाँ सोच्नुहुन्न, चुनावसम्म अहिलेकै गठबन्धन अघि बढ्छ’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताएका छन्। पार्टी मुख्यालय पेरिस डाँडामा आज बसेको स्थायी कमिटी बैठकमा बोल्दै उनले निर्वाचनसम्म दायाँ–बायाँ सोच्न नहुने बताए।

प्रचण्डको भनाइ उद्धत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘‘कांग्रेससँग नै सहकार्य गर्ने हो, अब दायाँ–बायाँ सोच्नुहुन्न। तत्काललाई एमालेसँग सहकार्य सम्भव छैन।’’

यद्यपि उनले विचार मिल्ने वामपन्थी पार्टीहरूका बीचमा समेत सहकार्यका लागि प्रयास भइरहेको पनि बताए।

आजको बैठकमा प्रचण्डले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेपछि सकिएको छ। अर्को बैठक शुक्रबार बिहान ८ बजे पनि बस्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved