कोरोना संक्रमण तिब्र, एकैदिन थपिए ६३८ संक्रमित, मृत्यु पनि बढ्दै

नेपालभ्युज

कोरोना संक्रमण तिब्र, एकैदिन थपिए ६३८ संक्रमित, मृत्यु पनि बढ्दै
फाइल तस्वीर ।

काठमाडौं । कोरोना संक्रमण बढ्ने क्रम जारी छ । पछिल्लो पटक एकैदिन ६३८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट मृत्यु हुने क्रम पनि बढेको छ । पछिल्लो पटक थप २ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२ हजार २१५ पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयको बुलेटिनमा उल्लेख छ । यो सँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हाल ३ हजार ७१४ सक्रिय संक्रमित भएका छन् ।
नयाँ संक्रमितमध्ये आधा भन्दा धेरै काठमाडौं उपत्यकामा छन् । काठमाडौं उपत्यकाबाहिर कास्की र मोरङमा संक्रमण बढी छ ।  ३० जनाको आइसीयू र एकजनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको मन्त्रालयले जनाएको छ  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved