कोरोना संक्रमण बढेपछि सावधानी अपनाउन आग्रह

नेपालभ्युज

कोरोना संक्रमण बढेपछि सावधानी अपनाउन आग्रह

काठमाडौं।  ५ साउन। नेपालमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेका छ । मन्त्रालयले सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भिडभाड हुने स्थानमा अनिवार्य मास्कको प्रयोग गराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्न आग्रह गरेको छ ।

नेपालमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले १० बुँदे अनुरोध जारी गर्दै सतर्कता अपनाउन भनेका हुन् ।

मन्त्रालयले विमानस्थल, हवाईलगायत सार्वजनिक यातायात, गोष्ठी सेमिनार, बैठक, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थल, भिडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरन्जनस्थल, स्टेडियम तथा सार्वजनिक स्थलमा मास्क अनिवार्य पनि अपिल गरेको छ ।

कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न, अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकामा निगरानी प्रभावकारी बनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै, संक्रमण पुष्टि भई होम आइसोलेसनमा बस्न उपयुक्त नभएका वा संक्रमणपश्चात् स्वास्थ्य जटिलता देखिएका व्यक्ति प्रदेशअनुसार तोकिएका कोभिड संक्रमितको उपचार गर्ने अस्पतालमा गई उपचारको प्रबन्ध पनि मन्त्रालयले सूचना जारी गरेर भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved