वडाध्यक्षलाई स्विमिङ पुलमा खसाल्ने डिएसपीलाई कारबाही हुने

नेपालभ्युज

वडाध्यक्षलाई स्विमिङ पुलमा खसाल्ने डिएसपीलाई कारबाही हुने
काठमाडौं। ५ साउन। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई पौडी पोखरामा धकेल्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) माथि कारबाही हुने भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीबारे छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
त्यसपछि उनीमाथि कारबाही गर्न आवाज उठेको थियो ।
प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले भने, ‘छानबिन गर्न आदेश दिइएको छ। प्रदेश र जिल्लाबाटै छानबिन गरेर कारबाही गर्न भनिएको छ।’

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved