दुई महिनापछि प्रधानमन्त्री देउवा अमेरिका जाने

नेपालभ्युज

दुई महिनापछि प्रधानमन्त्री देउवा अमेरिका जाने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा दुई महिनापछि अमेरिकाको भ्रमणमा जाने तयारी छ। अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बरमा तय भएको संयुक्त राष्ट्रसंघको ७७ औँ महासभामा देउवा जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको हो।

यसअघि प्रधानमन्त्री देउवा यही जुलाई महिनाभित्र अमेरिका भ्रमणमा जाने तयारी भएको थियो। अमेरिकाले प्रस्ताव गरेका मिति अनुसार परराष्ट्र मन्त्रालय, अमेरिकी दूतावास र वासिंगटनस्थित नेपाली दूतावासले भ्रमणको तयारी अघि बढाए पनि अन्योल भएको छ।

नेपाल सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अन्योलमा परेको हो। तर, अहिले भ्रमण अन्योल भए पनि दुई महिनापछि भने देउवा अमेरिका जाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा नेपालबाट उच्च तहको सहभागिता रहने जनाइएको छ। राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट उच्चस्तरीय सहभागिता हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्।

राष्ट्रसंघको ७७ औँ महासभा सेप्टेम्बर १३ मा शुरु हुँदैछ। महासभा अन्तर्गत हाइ लेभल जनरल डिबेट सेप्टेम्बर २० देखि २७ सम्म हुने छ। हाइ लेभल जनरल डिबेट शुरु हुनु दुई दिनअघि नेपालबाट प्रतिनिधि जाने बताइएको छ।

विश्वका विभिन्न देशबाट उच्च तहको सहभागिता हुने उक्त डिबेटमा नेपालबाट प्रधानमन्त्री देउवाको सहभागिता रहने स्रोतको दाबी छ। मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरिसकेपछि उपयुक्त समयमा जानकारी गराउने परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved