जापानी प्रधानमन्त्रीलाई कोरियाली विदेशमन्त्रीले सम्झाए यौनदासीका मुद्दा

दोस्रो विश्वयुद्धमा जापानी सेनाले कोरियालीसहित अन्य एसियाली देशका हजारौं केटी र महिलालाई अपहरण गरेर यौनदासी बनाएका थिए। यौन दासत्व स्वीकार गर्न बाध्य भएका महिलाले न्याय पाउनुपर्नेमा कोरियाले जोड दिँदै आएको छ।

नेपालभ्युज

जापानी प्रधानमन्त्रीलाई कोरियाली विदेशमन्त्रीले सम्झाए यौनदासीका मुद्दा
फाइल फोटो

एजेन्सी। दक्षिण कोरियाले जापानसँग सम्बन्ध सुधार गर्न चाहेको बताएको छ। दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिनले जापानका प्रधानमन्त्री फुमियो किशिदालाई भेटेर राष्ट्रपति युन सुक्योलको उक्त चाहना व्यक्त गरेका हुन्।

जापानी प्रधानमन्त्री र दक्षिण कोरियाली विदेशमन्त्रीबीच मंगलबार द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको तथा द्विपक्षीय सम्बन्धलाई सुधार्ने प्रयास गरिएको विदेशमन्त्री पार्कले पत्रकारहरूलाई बताए। युद्धकालका श्रम र यौन दासत्वका साथै व्यापारका विषयमा पनि आफूहरूबीच छलफल भएको उनले जनाए।

सोमबार पार्कले जापानी विदेशमन्त्री योशिमासा हयाशीसँगको भेटवार्तामा सम्बन्ध पुनःस्थापनामा जोड दिएका थिए। सन् १९१०–१९४५ मा कोरियाली प्रायद्वीपमा जापानको आधिपत्य रहेका बेला श्रम गर्न बाध्य भएका कोरियालीहरूसँग सम्बन्धित मुद्दाहरूको शीघ्र समाधानका निम्ति दुवै पक्षले सहमति जनाएका थिए।

दोस्रो विश्वयुद्धमा जापानी सेनाले कोरियालीसहित अन्य एसियाली देशका हजारौं केटी र महिलालाई अपहरण गरेर यौनदासी बनाएका थिए। यौन दासत्व स्वीकार गर्न बाध्य भएका महिलाले न्याय पाउनुपर्नेमा कोरियाले जोड दिँदै आएको छ। कैयौँ यौनदासीको न्याय नपाइ मृत्यु भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved