नेपाललाई नमिबियाको २ सय रनको लक्ष्य

नेपालभ्युज

नेपाललाई नमिबियाको २ सय रनको लक्ष्य

काठमाडौं। नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाललाई २ सय रनको मध्यम लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अलआउट भयो। नामिबियाको तर्फबाट कप्तान जेहार्ड एरास्मस ७० बलमा सर्वाधिक ५३ रन बनाए।  एरास्मस र जान निकोल लोफ्टी इटनले ६८ रनको साझेदारी गरे।

कप्तान सन्दीप लामिछानेले निकोललाई १९ रनमा आउट गर्दै एरास्मस र निकोलको साझेदारी तोडे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved