कांग्रेस केन्द्रीय समिति बैठकमा उठेका प्रश्नहरुको आज पदाधिकारीहरुले जवाफ दिने

केन्द्रीय सदस्यहरुले उठाएका विषयहरुमाथि रहेर आजको बैठकमा पदाधिकारी तथा शीर्ष नेताहरुले जवाफ दिनेछन्।

नेपालभ्युज

कांग्रेस केन्द्रीय समिति बैठकमा उठेका प्रश्नहरुको आज पदाधिकारीहरुले जवाफ दिने

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक शुरु हुने बताइएको छ ।

आजको बैठकमा पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूले आफ्नो धारणा राख्नेछन्। बैठकमा यसअघि केन्द्रीय सदस्यहरुले पार्टी र समसामयिक राजनीतिका विषयमा धारणा राखेका थिए ।

पार्ठी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए। दुवै महामन्त्रीहरुले आफू लोकप्रिय हुनका लागि पार्टीको आलोचना गरेको र गुटगत बैठकहरुमा सहभागी भएको उनीहरुको आरोप छ।

बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कामकारबाहीबारे पनि प्रश्नहरु उठेका छन्। केन्द्रीय सदस्यहरुले उठाएका यिनै विषयहरुमाथि रहेर आजको बैठकमा पदाधिकारी तथा शीर्ष नेताहरुले जवाफ दिनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved