सरकारले भृकुटीमण्डपमा लागेको आगोबारे छानबिन गर्ने

मन्त्री रेग्मीले गोदाममा विद्युतको प्रवाह नै नरहेको अवस्थामा आगो लागेकाले नियोजित रूपमा आगो लगाइएको हुनसक्ने शंका गरेकी छन्।

नेपालभ्युज

सरकारले भृकुटीमण्डपमा लागेको आगोबारे छानबिन गर्ने
फाइल फोटो

काठमाडौं। सरकारले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदाममा भएको आगलागीको छानबिन गर्न भएको छ।

बिहीबार आगलागी भएको स्थानको निरिक्षण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगलागीको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने बताइन्।

मन्त्री रेग्मीले गोदाममा विद्युतको प्रवाह नै नरहेको अवस्थामा आगो लागेकाले नियोजित रूपमा आगो लगाइएको हुनसक्ने शंका गरेकी छन्। आगलागीबाट करौडौंको क्षति भएको र आवश्यक कागजपत्र लगायतका सामग्री नष्ट भएको छ। आगलागीको घटनामा संलग्नलाई कारबाही गर्ने मन्त्री रेग्मीले बताइन्।

बुधबार र बिहीबार भएको आगलागीका कारण उक्त गोदाम पूर्णरूपमा जलेर नष्ट भएको थियो।

बुधबार दिउँसो गोदाममा आगो लागेकोमा आगो निभाइसकेपछि बिहीबार पुन: गोदाममा आगो लागेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved