मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालभ्युज

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सांकेतिक तस्वीर।

राजविराज। मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट रुपनी गाउँपालिका–६ का ५५ वर्षीय दीपनारायण मेहताको मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ गइरहेको स४प १३३४ नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो।

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved