एमालेको अर्थ विभागमा रहेका अधिकारी गभर्नर नभएको भूसालको प्रष्टोक्ति

भन्छन्ः पार्टी विभागमा सरकारी पद धारण गरेका कोही छैनन्

एमालेले ती व्यक्ति गभर्नर महाप्रसाद नभएको दाबी गरे पनि हालसम्म एम अधिकारी को हुन् भन्ने बताउन भने सकेको छैन।

नेपालभ्युज

एमालेको अर्थ विभागमा रहेका अधिकारी गभर्नर नभएको भूसालको प्रष्टोक्ति

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

दलको सदस्य रहेको व्यक्ति राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य हुने कानूनी व्यवस्था रहेकोमा एमालेको उक्त विभागको सदस्यमा एम अधिकारीको नाम देखिएपछि उनी गभर्नर महाप्रसाद रहेको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठिरहेका छन्। सबैतिर आलोचना भइरहँदा नेकपा (एमाले)ले भने आफ्नो विभागमा रहेका एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी फरक व्यक्ति भएको दाबी गरिरहेको छ।

यस्तैमा नेकपा एमालेका नेता घनश्याम भूसालले आफ्नो पार्टीको कुनै पनि कमिटी र विभागमा सार्वजनिक पद धारण गरेको व्यक्ति नभएको दाबी गरेका छन्। आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्नो पार्टीमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था नभएकाले गभर्नर अधिकारी एमालेसँग नजोडिएको बताएका छन्।

गभर्नर अधिकारीको गृहनगर खोटाङ रहेकोमा एमालेको अर्थ तथा योजना विभागमा पनि खोटाङकै एम अधिकारी देखिएपछि गभर्नर विवादमा तानिएका छन्। उनले आफू उक्त विभागमा नरहेको स्पष्टीकरण दिएका छन्।

एमालेले ती व्यक्ति गभर्नर महाप्रसाद नभएको दाबी गरे पनि हालसम्म एम अधिकारी को हुन् भन्ने बताउन भने सकेको छैन।

गभर्नर अधिकारीलाई तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारले २४ चैत २०७६ मा गभर्नर नियुक्त गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved