बुढीगंगा नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

नेपालभ्युज

बुढीगंगा नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

बाजुरा। स्थानीय निर्वाचनअन्तर्गत बुढीगंगा नगरपालिकामा भएको पुनःमतदानमा प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।

नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ ४,४७७ मत ल्याएर विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३,७७४ मत प्राप्त गरे।

त्यसैगरी उपमेयरमा एमालेकी माया कुँवरले ४,४२७ मत ल्याएर विजयी भएकी छिन्।

उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीता शाहीले ३,७५५ मत प्राप्त गरिन्।

वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् भने ४, ७ र ८ मा कांग्रेस विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved