चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री कार्की

नेपालभ्युज

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री कार्की

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने उद्देश्यअनुरुप मन्त्रालयले त्यससँग सम्बन्धित ऐन/कानून, आर्थिकलगायत संरचना तयार गरिरहेको बताए।

नेपाली चलचित्र क्षेत्रमा चलचित्रकर्मीले गरेको योगदानको कदर गर्दै चलचित्रकर्मीको सेवा सुविधामा वृद्धि गरी सो क्षेत्रलाई सबैको आकर्षक र अवसरको क्षेत्रको रुपमा विकास गर्ने मन्त्री कार्कीले बताए।

“चलचित्र क्षेत्रमा पछिल्लो समयमा विकसित प्रविधिको प्रयोगसँगै ७७ ओटै जिल्लामा चलचित्र छायांकनस्थल निर्माण गर्ने तयारी भइरहेको छ, यो कार्यले छिट्टै पूर्णता पाउने छ”, उनले भने।

चलत्रिच क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो। उनले अबको पुस्तालाई दक्षिण एसियाकै धनी पुस्ताको रुपमा अगाडि बढाउने गरी मुलुकको आर्थिक विकास गर्नुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved