तीन दिनको मौसम पूर्वानुमा- बिहीबारसम्म वर्षाको सम्भावना

देशभर मनसुनी वायु सक्रिय बनेको छ। मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेश प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

नेपालभ्युज

तीन दिनको मौसम पूर्वानुमा- बिहीबारसम्म वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायु सक्रिय बनेको छ। मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेश प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार देशका धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। सुदूरपश्चिमको थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक(दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र कर्णालीका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved