पार्टी परित्यागको धम्की दिनेलाई पाण्डेले भने – छाड्ने तागत छैन

‘‘उहाँहरुले छाड्ने धम्की मात्रै दिनुभएको हो। पार्टी छाड्न सक्ने तागत कसैसँग छैन।’’

नेपालभ्युज

पार्टी परित्यागको धम्की दिनेलाई पाण्डेले भने – छाड्ने तागत छैन

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पार्टी छाड्ने तागत कसैसँग नभएको बताएका छन्।

बिहीबार नेकपा एसका चार मन्त्रीसहित १० सांसदले पार्टीले गरेको मन्त्री फेरबदलको निर्णय तथा नयाँ नियुक्तिको मापदण्डको विरोध गर्दै पार्टी परित्याग गर्ने धम्की दिएका थिए।

शुक्रबारको पोलिटब्यूरो बैठकपछि सञ्चारकर्मीहरुले उक्त विषयमा राखेको जिज्ञासाको जवाफमा उनले कसैले पार्टी छाड्न नसक्ने बताएका हुन्। उनीहरुलाई लक्षित गर्दै पाण्डेले भने, ‘‘उहाँहरुले छाड्ने धम्की मात्रै दिनुभएको हो। पार्टी छाड्न सक्ने तागत कसैसँग छैन।’’

बिहीबार नेकपा एसबाट मन्त्री बनेका स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित १० जना सांसदले अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदै ध्यानकर्षण पत्र बुझाउँदै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका थिए।

बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने पत्रमा उल्लेख छ। पुराना र नयाँको सन्तुलन नमिलाएको उनीहरुको आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved