झलनाथको दाबी – हामीसँग २० लाख मत छ

स्थानीय निर्वाचनमा गठबन्धनले अपमानजनक व्यवहार गरेका कारण कम मत आएको उबताउँदै उनले संघीय निर्वाचनमा राष्ट्रव्यापी उम्मेदवार उठाउने बताए।

नेपालभ्युज

झलनाथको दाबी – हामीसँग २० लाख मत छ
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत भएको दाबी गरेका छन्।

बुधबार समाजवादी प्रेस संगठनले काठमाडौंमा नवनिर्वाचित प्रतिनिधिहरूलाई शुभकामना दिन आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा राष्ट्रव्यापी रूपमा उम्मेदवार उठाउन नसक्दा कम मत आएको भन्दै आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको दाबी गरे। स्थानीय निर्वाचनमा गठबन्धनले अपमानजनक व्यवहार गरेका कारण कम मत आएको उबताउँदै उनले संघीय निर्वाचनमा राष्ट्रव्यापी उम्मेदवार उठाउने बताए।

यसैगरी उनले पेट्रोलियम पदार्थमा भएको व्यापक बृद्धिले हर क्षेत्रमा मूल्यवृद्धि हुने भएकाले फिर्ता लिनुपर्ने बताए। जनतालाई सहुलियत प्रदान गरेर राज्यले राहत दिनुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved