हरिशरण लामिछानेले बनाए स्वतन्त्रको सञ्जाल, काठमाडौं ३ बाट उम्मेदवारी दिने घोषणा

पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौं ३ बाट संसदीय चुनाव लड्ने घोषणा गरेका छन्। देशका विभिन्न स्थानमा चुनाव उठ्नेहरूको स.सञ्जाल बनाउँदै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

नेपालभ्युज

हरिशरण लामिछानेले बनाए स्वतन्त्रको सञ्जाल, काठमाडौं ३ बाट उम्मेदवारी दिने घोषणा

काठमाडौं। पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौं ३ बाट संसदीय चुनाव लड्ने घोषणा गरेका छन्। देशका विभिन्न स्थानमा चुनाव उठ्नेहरूको सञ्जाल बनाउँदै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

‘स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माण’को अभियान जारी रहेको भन्दै लामिछानेले आउँदो प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवारी दिने बताए।

सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रेस नोटमा आफूले काठमाडौं ३ बाट चुनाव लड्ने समझदारी भएको बताएका छन्। सञ्जालले देशैभरका स्वतन्त्र उम्मेदवार बिच न्यूनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वचन क्षत्र कायम गर्ने पनि लामिछानेले स्पष्ट पारेका छन्। लामिछानेका भाइ रविले पनि राजनीतिमा लागेर चुनाव लड्ने भन्दै टेलिभिजनको जागिर छाडेको घोषणा गरेका छन् ।

हरिशरणको प्रेस नोटमा सञ्जालबीच काठमाडौं १ मा पुकार बम, काठमाडौं ५ मा रञ्जु दर्शना, काठमाडौं ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्ने सहमति भएको उल्लेख छ।

विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्ने उनले जानकारी दिएका छन् । उनी दोलखाकै हुन्। बाँकी कुरा असार १७ र १८ गतेको राष्ट्रिय भेलाले तय गर्ने पनि लामिछानेले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved