सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

नेपालभ्युज

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य बढेलगत्तै सार्वजनिक यातायातको भाडामा पनि वृद्धि भएको छ।

नेपाल आयल निगमले आइतबार पेट्रोलमा २१, डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रूपैयाँ वृद्धि गरेको हो।

निगमले मूल्य बढाएसँगै यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप आजैदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडामा वृद्धि गरेको हो।

विभागले सार्वजनिक गरेको नयाँ भाडादर अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved