नबिल बैंक र कतार एयरवेजबीच सम्झौता

नेपालभ्युज

नबिल बैंक र कतार एयरवेजबीच सम्झौता

काठमाडौं। नबिल बैंकले बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्नेगरी कतार एयरवेजसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार बैंकका कार्ड प्रयोगकर्ताहरूले यूरोप, अमेरिका र अफ्रिकाको हवाई टिकट खरीदमा १० प्रतिशत छूट पाउनेछन्। यो छूट १७ असारदेखि लागू हुने बैंकले जनाएको छ।

आज नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बिजनेस क्लास र इकोनोमिक क्लासको हवाई टिकटमा छूट लागू हुनेछ। यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved