लुम्बिनी प्रदेशसभामा राज्यमन्त्री वलीको विषय प्रवेश, एमालेको अवरोधपछि बैठक स्थगित

नेपालभ्युज

लुम्बिनी प्रदेशसभामा राज्यमन्त्री वलीको विषय प्रवेश, एमालेको अवरोधपछि बैठक स्थगित

बुटवल। लुम्बिनी प्रदेशसभा बैठकमा नेकपा (एमाले) का सांसदले प्रदेश सरकारको स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीको विषय उठाउँदै अवरोध गरेका छन्।

वली प्रकरणबारे जवाफ माग्दै एमाले सांसदले अवरोध गरेपछि बैठक २५ मिनेटका लागि स्थगित गरिएको छ।

राज्यमन्त्री वलीमाथि अर्काको घरभित्र पसेर महिला र बालिकालाई कुटपिट गरेको आरोप लागेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो। सोही विषयमा एमालेले प्रदेश सरकारसँग जवाफ मागेको हो।

बैठक शुरु भएलगत्तै एमाले संसदीय दलको प्रमुख सचेतक भूमिश्वर ढकालले वली प्रकरणबारे जवाफ मागेका थिए। बैठक चल्न नदिएपछि सभाुमख पूर्ण घर्तीले सरकारलाई जवाफ दिन निर्देशन दिँदै बैठक २५ मिनेटका लागि स्थगित गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved