अन्नपूर्ण पोस्ट‍्को समाचारप्रति मन्त्रालयको खण्डन, अर्थमन्त्री चोख्याउने बाटो

नेपालभ्युज

अन्नपूर्ण पोस्ट‍्को समाचारप्रति मन्त्रालयको खण्डन, अर्थमन्त्री चोख्याउने बाटो

काठमाडौँ। ३० जेठ २०७९ मा अन्नपूर्ण पोस्टमा प्रकाशित समाचारबारे अर्थ मन्त्रालयलले मुख खोलेको छ।

मन्त्रालयले समाचारप्रति गम्भीर ध्यानाकर्षण मात्र नभई यसबारे केही स्पष्ट पार्न विज्ञप्ति नै निकालेको छ। १४ जेठ राति बजेट तर्जुमाका क्रममा तोकिएका जिम्मेवार पदाधिकारीहरूबाहेक अरू कसैको सहभागिता नरहेको विज्ञप्तिमा जनाइएको छ।

के थियो घटना ?

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणको अघिल्लो रात आफ्ना नजिकका दुई जना ‘विज्ञ’ नाम दिएर बजेटका राजस्व दरमा तलमाथि गरेको अन्नपूर्ण पोस्ट समाचार छापेको थियो। तर शर्माले झिकाएका दुईमध्ये एकजना नायब सुब्बा भएका पुष्टि भएको थियो। ती रघुनाथ घिमिरे नाम गरेका नायब सुब्बाले अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते पदबाट राजीनामा दिएका थिए।

उक्त घटनाबारे मन्त्रालयले २०७८ चैत्र १ गते देखि नै औपचारिक रुपमा बजेट तथा कार्यक्रमका विषयमा क्षेत्रगत छलफल, विज्ञहरू तथा अन्य सरोकारवाला निकायसँग परामर्श र अन्तरक्रिया प्रारम्भ गरेको उल्लेख गर्दै मन्त्रालयका सहसचिवको नेतृत्वमा बजेट मस्यौदा समिति गठन गरेको तथा सर्वसाधारणको प्रतिक्रिया, सुझावहरू संकलनका लागि मन्त्रालयमा ११३८ को निःशुल्क टोल फ्री नं व्यवस्थासहित आर्थिक वर्ष २०७९/८० को बजेटसम्बन्धी राय सुझाव संकलन कक्षसमेत स्थापना गरी बजेट निर्माणको कार्यलाई विगत वर्षहरूभन्दा फरक तवरबाट बढी जनअपनत्व बनाउने गरी माननीय अर्थ मन्त्रीको नेतृत्वमा मन्त्रालयको सम्पूर्ण टिम औपचारिक रुपमा बजेट लेखन र निर्माणमा निरन्तर खटेको जनाएको छ।

विज्ञप्तिमा लेखिएको छ-

आर्थिक वर्ष २०७९र८० को बजेट तर्जुमाका कममा (१-१४ जेठ,२०७९) माननीय अर्थ मन्त्री सामान्यत : सूचीकृत दैनिक औपचारिक कार्यक्रमबाहेक हरेक दिन बिहान ७:३० बजे मन्त्रालय आउने र राति अबेरसम्म रही बजेटलाई पूर्णता दिन मन्त्रालयका अधिकारीहरूसँग निरन्तर छलफल गर्ने कार्यमा खट्नुभएको थियो। सोही क्रममा बजेटलाई अन्तिम रुप दिने सन्दर्भमा १४ जेठ, २०७९ मा समेत बिहानैदेखि मन्त्रालयमा माननीय अर्थ मन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतका बजेटसँग सम्बन्धित विषयहरू तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरूबाहेक अरु कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौं। 

यस्तो छ मन्त्रालयले समाचार खण्डन गर्दै आज निकालेको विज्ञप्ति

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved