पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न अखिल क्रान्तिकारीको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।

आयल निगमले बिहीबार पेट्रोलमा ८ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढाएपछि अखिल क्रान्तिकारीले शुक्रबार एक विज्ञप्ति जारी गरी यसको विरोध जनाएको हो। सरकारले पटक–पटक इन्धनको मूल्यवृद्धि गरी आम जनताको ढाड सेक्ने काम गरेको अखिलको आरोप छ।

‘जनतालाई राहत दिनुको सट्टा पटक–पटक मूल्यवृद्धि गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बन्नुका साथै दलाल र माफियाहरुको संरक्षण तथा नेतृत्व गर्नमै तल्लिन रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र प्रतिपक्षी दलका नेता के.पी. ओलीलगायत संसदवादी पार्टीका नेताहरु तिनै दलाल, माफिया र राष्ट्रघातीहरुको संरक्षण गर्नमै तल्लीन छन्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved