मिटरब्याजीलाई पक्रन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्।

नेपालभ्युज

मिटरब्याजीलाई पक्रन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गरेको खुलेको थियो। सप्तरीका विपन्न नागरिकको उठीवास लगाएको उनीमाथि आरोप छ। उनका छोरा नन्दकिशोर पक्राउ परेका छन् भने उनी हाल फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved