यस्तो छ कर्णालीको नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति कार्यक्रममा बर्थिङ्ग सेन्टर, हवाई उद्दार कार्यक्रम, बहुक्षेत्रीय पोषण लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ।

यस्तो छ कर्णालीको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सुर्खेत। कर्णाली प्रदेश सरकारले कर्णाली विकासको प्रमुख आधार ६ ‘ब’ अर्थात ‘बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार’ अवधारणामा नीति तथा कार्यक्रम ल्याएको छ।

कर्णाली प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले कर्णाली विकासको प्रमुख आधार ६ ‘ब’ अर्थात ‘बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार’ लाई समेटेर आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरे।

नीति तथा कार्यक्रमको पूर्णपाठ:

पुराना कार्यक्रमको निरन्तरता
कर्णाली प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा मुख्यमन्त्रीसँग जोडिएका यसअघिका कार्यक्रमलाई निरन्तरता दिइएको छ।

प्रदेश प्रमुख तिलक परियारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम, मुख्यमन्त्री दलित आयआर्जन प्रवद्र्धन कार्यक्रम, बैंक खाता छोरीको जीवनभरीको, हेलो मुख्यमन्त्री कार्यक्रम, मुख्यमन्त्री किसान प्रोत्साहनलगायतका कार्यक्रमलाई निरन्तरता दिइएको हो।

प्रादेशिक अस्पताललाई स्वाथ्य विज्ञान प्रतिष्ठान बनाइने
प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई विशिष्टिकृत तहको रुपमा विकास गरि स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने नीति लिएको छ।

स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जाने बाध्यतालाई क्रमशः न्यूनीकरण गरिने नीति लिइएको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश आयुर्वेदिक औषधालयलाई खोज अन्वेषण केन्द्रका रुपमा विकास गरिने पनि उल्लेख छ।

स्वास्थ्य सेवा सर्वसुलभ बनाउन पहल गरिने बताए। सामुदायिक स्वास्थ्य सेवा, टेलिमेडिसिन लगायतका सेवा शुचारु गर्ने, स्वास्थ्यकर्मीलाई तालिम तथा प्रोत्साहन गरिने जानकारी दिए।

नीति कार्यक्रममा बर्थिङ्ग सेन्टर, हवाई उद्दार कार्यक्रम, बहुक्षेत्रीय पोषण लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ।

जेहेन्दार विद्यार्थीलाई आवाससहितको सुविधा
प्रदेशभित्रका उत्कृष्ट विद्यालयमा सार्वजनिक निजी साझेदारीको माध्यमबाट गरीब तथा जेहेन्दार विद्यार्थीलाई आवासीय सुविधासहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

कर्णाली सार्वजनिक शिक्षा सबलीकरण कार्यक्रम अन्तर्गत सूचना प्रविधि प्रयोगशाला समेतको स्थापना गरी सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

विद्यालयको शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्न स्टिम (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ्ग, आर्टस एण्ड म्याथमेटिक्स) अवधारणालाई परीक्षणको रूपमा कार्यान्वयन गर्ने, सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा थप सुधार गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गरी विद्यार्थीको सिकाई उपलब्धीको आधारमा विषयगत शिक्षकलाई प्रोत्साहन गर्ने, अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि अपाङ्गमैत्री पूर्वाधार निर्माण तथा सुधार गरी अपाङ्गमैत्री शिक्षण सिकाइ प्रविधिको प्रयोग गर्न विशेष शिक्षा सञ्चालन गरेका विद्यालयलाई सहयोग गर्ने लक्ष्य कर्णाली प्रदेश सरकारले राखेको छ।

विद्यालयका बालबालिकाको स्वास्थ्य, पोषण र हेरचाहका लागि विद्यालय स्वास्थ्यकर्मी कार्यक्रमलाई निरन्तरता, स्वदेशी तथा विदेशी प्रतिष्ठित विश्वविद्यालयसँग समन्वय, सहकार्य र समझदारी गरी उच्च शिक्षामा पर्वतीय शिक्षा लगायतका उपयुक्त शैक्षिक कार्यक्रम सञ्चालन ल्याउने भएको छ।

मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम
कर्णाली प्रदेश सरकारले ज्येष्ठ नागरिक, दलित, वादी, विपन्न, राउटे, राजी, माझी, मुक्त हलिया, एकल महिला, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसंख्यक, द्वन्द्व प्रभावित, विस्थापित व्यक्ति, अशक्त, घाइते तथा शहीद परिवार, एचआईभी संक्रमित व्यक्ति लगायतका वर्गको संरक्षण, आयवृद्धि र सहज जीवनयापनको व्यवस्थाका लागि मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

त्यस्तै, छोरीको सशक्तीकरण तथा लैङ्गिक समानताका लागि बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमलाई निरन्तरता दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved