बानेश्वरमा इम्बोस्ड नम्बर प्लेटको विरोध, प्रहरीले गर्‍यो लाठी चार्ज

इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी यातायात व्यवस्था विभागको निर्णयविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन भएको छ।

नेपालभ्युज

बानेश्वरमा इम्बोस्ड नम्बर प्लेटको विरोध, प्रहरीले गर्‍यो लाठी चार्ज

काठमाडौं। इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी यातायात व्यवस्था विभागको निर्णयविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन भएको छ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंगलबार दिउँसो बानेश्वरमा विरोध प्रदर्शन गरेको हो। विरोध प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ। प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठी चार्ज गरेको हो।

विभागले गत शुक्रबार एक सूचना जारी गर्दै साउन १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने, नभए साउन १ गतेपछि कारबाही गरिने उल्लेख गरेको थियो। त्यसैको विरोधमा प्रदर्शन भएको हो।

प्रदर्शनमा ‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन’ भन्दै नारा लगाइएको थियो।

तस्वीरहरु : गोपेन राई/नेपाल भ्यूज 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved