सुर्खेत जिसस निर्वाचनमा एमाले–माओवादी गठबन्धन

जिल्ला समन्वय समिति, सुर्खेतको निर्वाचनमा एमाले र माओवादीले गठबन्धन गरेका छन् ।

नेपालभ्युज

सुर्खेत जिसस निर्वाचनमा एमाले–माओवादी गठबन्धन

सुर्खेत। जिल्ला समन्वय समिति, सुर्खेतको निर्वाचनमा एमाले र माओवादीले गठबन्धन गरेका छन्।

सुर्खेतको जिसस निर्वाचन २७ जेठमा हुँदैछ। जिसस सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरि गठबन्धन गरेका हुन्। ९ सदस्यीय जिससमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित ३ पदमा बाँडफाँड गरेका छन्।

प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएको छ।

सुर्खेतमा एमालेका ९, माओवादीका १, कांग्रेसका ८ जना मतदाता छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved