मन्त्री बनाउने निर्णय नेकपा एसले गर्छ, धर्तीका अरु कुनै तागतले होइन : झलनाथ खनाल

नेपालभ्युज

मन्त्री बनाउने निर्णय नेकपा एसले गर्छ, धर्तीका अरु कुनै तागतले होइन : झलनाथ खनाल

काठमाडौं। नेकपा (एकीकृत-समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने कि फिर्ता बोलाउने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित पार्टीमा निहीत हुने बताएका छन्।

पार्टीले मन्त्रिमण्डल हेरफेर गर्ने निर्णय स्थगन भएपछि संघीय संसद् भवन, बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्री शेरबहादुर देउवा वा माओवादी अध्यक्ष प्रचण्डको विषय नभएकोतर्फ इङ्गित गरे।

‘‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा हो, अरुले गर्ने होइन। हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा(एकीकृत समाजवादी)ले गर्छ यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा होइन त्यो,’’ खनालले भने।

६ महिनापछि मन्त्री हेरफेर गर्ने निर्णय पहिले नै नभएको भन्दै खनालले त्यसैअनुसार नेकपा (एकीकृत-समाजवादी) को कमिटीबाट निर्णय भएको बताए।

खनालले भने, ‘‘हामीले पहिले नै सहमति त्यस्तै गरेका थियौँ। ६ महिनासम्म एउटा टीमलाई दिने, त्यसपछाडि अर्को टीम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो। त्यहीअनुसार हामीले गरेको हो। हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो। कमिटीले निर्णय गर्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved