‘बर्थ डे’ मनाउन बोलाएर सामूहिक बलात्कार, सात जना पक्राउ

‘बर्थ डे’ मनाउन बोलाएर सामूहिक बलात्कार गरेको अभियोगमा सात जना पक्राउ परेका छन्।

नेपालभ्युज

काठमाडौं। ‘बर्थ डे’ मनाउन बोलाएर सामूहिक बलात्कार गरेको अभियोगमा सात जना पक्राउ परेका छन्।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारुसहित सात जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा राजकुमारसहित २४ वर्षीय विक्रान्त थारु, २५ वर्षीय निराजन थारु, २० वर्षीय विश्वनाथ थारु लगायत छन्।

पीडित युवतीका अनुसार हेमराजसँग विगत एक वर्षदेखि उनको चिनजान थियो। थारुले आफ्नो जन्मदिन भनेर उनलाई २१ जेठमा मानखोला नजिकै बोलाएका थिए। त्यहाँबाट उनले साथीको मोटरसाइकलमा राखेर मानखोला नजिकैको जंगलमा लगेका थिए। त्यहाँ आफ्ना साथीहरु बोलाएर मदिरा सेवन गराइ सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पीडितको होश आउँदा उनलाई फेरि त्यहाँबाट मोटरसाइकलमा राखेर विक्रान्त थारुको बंगुर पालननजिकैको टहरामा दुई जनाले बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। बलात्कारपछि अन्य दुई जनालाई बोलाएर मोटरसाइकलमा राखी घर पुर्‍याइदिने क्रममा प्रहरीले चेकिङ गर्दा उनीहरु पक्राउ परेका हुन्। दोषीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved