प्रदेशस्तरीय रिपोर्टिङका लागि नेकपा एसका कुन नेतालाई के जिम्मेवारी ?

नेपालभ्युज

प्रदेशस्तरीय रिपोर्टिङका लागि नेकपा एसका कुन नेतालाई के जिम्मेवारी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समजवादी) ले संगठनको प्रदेशस्तरीय गतिविधिलाई रिपोर्टिङका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान गरेको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रदेश नं १ का लागि उपाध्यक्ष जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा उपमहासचिव गङ्गालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष प्रमेश हमाल, लुम्बिनी प्रदेशमा उपमहासचिव डा विजय पौडेल, कर्णालीमा सचिव प्रकाश ज्वाला र सुदूरपश्चिममा डा बेदुराम भुसाललाई जिम्मेवारी दिएको केन्द्रीय प्रचार विभाग सदस्य लेखनाथ सिकारुले जानकारी दिए।

बैठकले जिम्मेवारी प्राप्त गरेका नेताहरूले पाँच दिनभित्र प्रदेशस्तरीय गतिविधिको अध्ययन गरी केन्द्रलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ।

पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा भएको बैठक समसामयिक राजनीतिक अवस्थाको समीक्षा र गहन कार्ययोजना प्रस्तुत गर्न भोलि आइतबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved