मधेश सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट स्वीकृत

नेपालभ्युज

मधेश सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट स्वीकृत

जनकपुरधाम। मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रस्तुत गर्ने अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई मधेश प्रदेश सरकारले स्वीकृत गरेका छन्।

मुख्यमन्त्रिनिवास मधेश भवनमा शनिबार सम्पन्न मन्त्रिपरिषद्‌को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता एवम अर्थमन्त्रि शैलेन्द्र साहले जानकारी दिए।

मुख्यमन्त्रि लालबाबु राउत नेतृत्वको मधेश प्रदेश सरकारले पाँच वर्षे कार्यकालको अन्तिम पटक नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको छ।

प्रदेश सरकारले यस पटकको नीति तथा कार्यक्रममा यसअघि सञ्चालित महत्वकांक्षी कार्यक्रमलाई निरन्तरता दिदै थप नयाँ कार्यक्रमलाई समेत समावेश गरेको बताइएको छ। मधेश प्रदेश सरकारको ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत सञ्चालित केही कार्यक्रमलाई यस वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ।

विगत चार वर्षको अनुभवकासाथ आगामी वर्षका लागि यस वर्ष मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको मुख्यमन्त्रि लालबाबु राउतले जानकारी दिए। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउनुअघि विभिन्न पक्ष र विज्ञहरुसँग छलफल गरी ल्याउन लागेको उनले बताए।

मन्त्रिपरिषद्‌बाट स्वकिृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले २२ जेठमा आइतबार दिउँसो प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। नीति तथा कार्यक्रममाथि छलफल भइसकेपछि सरकारले १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved