जरायोको सिङसहित दुई जना पक्राउ

नेपालभ्युज

जरायोको सिङसहित दुई जना पक्राउ

जनकपुरधाम। जरायोको सिङसहित धनुषाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरीको महोत्तरी गाउँपालिका-३ बस्ने २० वर्षीय रितेशकुमार पाण्डे र धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ बस्ने २० वर्षीय सोनुकुमार पाण्डेलाई पक्राउ गरेको हो।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २४ मा वन्यजन्तुको आखेटोपहार खरीदबिक्री हुन लागेको सूचनाको आधारमा खटेको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।

ज ९ प २७३ नम्बरको मोटरसाइकल रोकी एक आपसमा कुराकानी गरिरहेका दुईजनालाई शंकाको आधारमा चेकजाँच गर्दा रितेशले बोकी राखेको सिमेन्टको बोराको खानतलासी गर्दा जरायोको सिङ फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए।

प्रहरीले उनीहरूका साथबाट रातो खैरो रङको तीन सिङे १ थान र कालो रङको दुई सिङे १ थानसहित बरामद गरेको छ।

दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय जनकपुरधाममा पठाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved