‘भावनाले मात्रै परिणाम आउँदैन, गठबन्धनको रणनीतिक निर्णयले ल्याउँछ’

नेपालभ्युज

‘भावनाले मात्रै परिणाम आउँदैन, गठबन्धनको रणनीतिक निर्णयले ल्याउँछ’
फाइल तस्वीर

चितवन। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भावनाले मात्रै परिणाम नल्याउने बताएका छन्।

कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आज यहाँ आयोजना गरेको स्थानीय निकायका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले गठबन्धनको रणनीतिक निर्णयले मात्रै परिणाम ल्याउने बताए।

नेता महतले अहिलेको पाँचदलीय गठबन्धन आगामी आम निर्वाचनसम्म रहने बताए। पार्टीको अन्तर्घात रोगको रुपमा रहेको उनको भनाइ थियो। आगामी मंसीरमा प्रदेश र संघको निर्वाचन हुने भन्दै उनले यसको तयारीका लागि लाग्न नेता कार्यकर्तालाई आग्रह गरे। केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रेस एक हुन जरुरी रहेको बताए। उनले कांग्रेसले हारे भने देशले पनि हार्ने बताए।

कांग्रेस चितवन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति लालबहादुर दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेश उद्योग वाणिज्यमन्त्री मिलनबाबु श्रेष्ठ, महासमिति सदस्य विजय भुसाल क्षेत्रीय सभापति किरणभूषाण ओलीलगायतले निर्वाचनमा एकाताबद्ध हुनुपर्नेमा जोड दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved