ओलीमाथि प्रचण्डको व्यंग्य : भाषणमा जे भनेपनि मन त रोएकै होला !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले नेकपा एमाले चिन्तामा परेको बताएका छन्।

नेपालभ्युज

ओलीमाथि प्रचण्डको व्यंग्य : भाषणमा जे भनेपनि मन त रोएकै होला !

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले नेकपा एमाले चिन्तामा परेको बताएका छन्।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन रहने हो या होइन भन्ने चिन्ताले एमालेलाई सताएको बताए।

स्थानीय निर्वाचनको परिणामले एमाले अध्यक्ष केपी शर्मा ओली खुशी नभएको प्रचण्डको भनाइ छ। कार्यक्रममा ओलीलाई लक्षित गर्दै प्रचण्डले भने, ‘‘एमाले अहिले चैनमा छैन। आगामी दिनमा गठबन्धन हुने हो कि होइन भन्ने चिन्ता छ। भाषणमा जे भनेपनि मन त रोएकै छ !’’

उनले कांग्रेस नेतृत्वको गठबन्धनमा आफू प्रतिबद्ध रेहको जनाउँदै माओवादीलाई हल्का रूपमा नलिन पनि आग्रह गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved