गण्डकी प्रदेशकै उत्कृष्ट बन्याे तनहुँको वन कार्यालय 

तनहुँको डिभिजन वन कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ।

नेपालभ्युज

गण्डकी प्रदेशकै उत्कृष्ट बन्याे तनहुँको वन कार्यालय 

तनहुँ। तनहुँको डिभिजन वन कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ।

मुख्यमन्त्रीको कार्यालयले बनाएको विभिन्न सूचकका आधारमा भएको मूल्याङ्कनमा गण्डकी प्रदेश मातहतभरिका १०५ मध्ये सो कार्यालय उत्कृष्ट बनेको हो।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रमुख सचिव रविलाल पन्थले डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेलाई नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरे।

प्रदेश सरकारको मूल्याङ्कनमा सुशासन तथा पारदर्शी ढङ्गले काम गर्ने शैली, सबै सरोकारवालालाई समेटेको, पार्क निर्माण गरी आम्दानी गरेर दिगोरुपमा व्यवस्थापनको मोडालिटीसमेत तयारी कार्यसम्पादन गरेकाले उत्कृष्ट बन्न सफल भएको जनाइएको छ।

उक्त कार्यालयले मानव र वन्यजन्तु द्वन्द व्यवस्थापनमा अनुकरणीय काम गरेको, वासस्थान, व्यवस्थापन र जनचेतनामूलक लगायतका कार्य प्रभावकारीरुपमा सञ्चालन गरेकाे पनि उल्लेख गरिएकाे छ।

चोरी शिकारी नियन्त्रण राजस्व बढाएको, बेरुजु शून्य, नर्सरी बिरुवा गाउँमै वितरण गर्ने, आगलागी नियन्त्रणमासमेत सो कार्यालयले राम्रो काम गरेको जनाइएको छ।

सामुदायिक वनको आम्दानीबाट विपन्नको आयआर्जन बढाउनेजस्ता कार्यले पनि सो डिभिजन वन कार्यालय चर्चामा आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved