गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड बजेट

जिल्लाका नौ गाउँपालिकालाई मात्र केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक बजेटअन्तर्गत कूल तीन अर्ब ३४ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको छ।

नेपालभ्युज

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड बजेट
सांकेतिक तस्वीर

गोरखा। गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब ५५ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो। जसमा गोरखा नगरपालिकालाई ६३ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ।

त्यस्तै, पालुङटार नगरपालिकालाई कूल ५७ करोड ६७ लाख बजेट आउने नगरप्रमुख विवश चिन्तनले जानकारी दिए। केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र एक अर्ब २० करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

जिल्लाका नौ पालिकामध्ये सिरानचोक गाउँपालिकाले ४५ करोड ८७ लाख समपूरक बजेट प्राप्त गरेको छ। त्यसबाहेक अजिरकोट गाउँपालिकाले आगामी वर्षका लागि ३० करोड २४ लाख, आरुघाट गाउँपालिकाले ४० करोड ४८ लाख रुपैयाँ बजेट प्राप्त गरको छ।

जिल्लाको गण्डकी गाउँपालिकाले ४५ करोड केन्द्रबाट समपूरक बजेट प्राप्त गरेको छ। जिल्लाको सबैभन्दा विकट गाउँपालिकाका रुपमा रहेको चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम १९ करोड ८२ लाख रुपैयाँ विनियोजन भएको छ।

त्यस्तै, धार्चे गाउँपालिकाले २७ करोड ७४ लाख, भीमसेन थापा गाउँपालिकाले ३९ करोड १५ लाख रुपैयाँ प्राप्त गरेको छ भने बारपाक गाउँपालिकालाई ४० करोड ३० लाख छुट्याइएको छ।

जिल्लाका नौ गाउँपालिकालाई मात्र केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक बजेटअन्तर्गत कूल तीन अर्ब ३४ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved