पाइलट प्रभाकर घिमिरेले उडाएका थिए मुस्ताङमा बेपत्ता भएको जहाज

बादल लागेको र सिमसिम पानी परिरहेकाले उद्धारमा समस्या

पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एयर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा ६ जना विदेशीसहित २२ जना सवार थिए। चालक दलका तीन सदस्य गरी जम्मा २२ जना सवार थिए।

नेपालभ्युज

पाइलट प्रभाकर घिमिरेले उडाएका थिए मुस्ताङमा बेपत्ता भएको जहाज

काठमाडौं। पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एयर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा ६ जना विदेशीसहित २२ जना सवार थिए। चालक दलका तीन सदस्य गरी जम्मा २२ जना सवार थिए। आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो।

जहाजमा चार भारतीय, दुई जना जर्मन नागरिक र १३ नेपाली यात्रु सवार रहेको तारा एयरले जनाएको छ। विमान मुस्ताङको थासाङ गाउँपालिकास्थित लेतेमा दुर्घटना भएको आशंका छ। थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले विमान हराएको आशंका गरिएको स्थानमा पानी परिरहेको र बादल लागेको जानकारी दिए।

पाइटल उत्सव पोखरेल, जो चालक दलका सदस्य थिए।

उनले विमानका बारेमा जानकारी लिने प्रयास भइरहेको बताए। उनले नेपालभ्यूजसँग भने ‘‘विमान जहाँ हराएको आशंका गरिएको छ। त्यहाँ बादल लागेको छ। सिमसिम पानी परिरहेको छ। उद्धारको लागि गएका हेलिकप्टरहरू सम्भावित घटनास्थलमा पुग्न सकेको छैन।’’

बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट टेकअफ गरेको जहाज १० बजेर ७ मिनेट जाँदा अन्तिम सम्पर्कमा आएको पोखरा विमानस्थलले जनाएको छ। विमान १० बजेर १५ मिनेटमा अवतरण हुनु पर्ने थियो। सम्पर्कविहीन हराएको तारा एयरलाइन्सको जहाज खोज्न नेपाली सेनाको एमआई ५७ सहित फिष्टेल एयरका हेलिकप्टर परिचालन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved