आधा बाटोमा पुगेपछि सम्पर्कविहीन भएको थियो तारा एयरको विमान

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान उडान भरेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। २५ मिटेको सो हवाई रुटमा विमानले आधा बाटो पार गरिसकेको थियो।

नेपालभ्युज

आधा बाटोमा पुगेपछि सम्पर्कविहीन भएको थियो तारा एयरको विमान

काठमाडौं। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान उडान भरेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। २५ मिटेको सो हवाई रुटमा विमानले आधा बाटो पार गरिसकेको थियो।

९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट टेकअफ गरेको जहाज १० बजेर ७ मिनेट जाँदा अन्तिम सम्पर्कमा आएको पोखरा विमानस्थलले जनाएको छ। विमान १० बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने थियो ।

मुस्ताङको एयरस्पेसमा पुगेपछि विमान सम्पर्कबाट हराएको राडारमा देखिएको छ। तारा एयरको हराएको जहाज खोजीमा खटिएको टोली मुस्ताङको मुस्ताङको लेते भन्ने डाँडामा केन्द्रित छ। ठुलो आवाजमा विस्फोट भएको र आगो देखिएको भन्दै स्थानीयले प्रहरीलाई सूचना दिएका छन्।

दुर्घटना आशंका गरिएको मुस्ताङको लेते क्षेत्र

हराएको विमान त्यही दुर्घटना भएको हुनसक्ने आशंका छ। प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकुमार दानीले मौसम खराबीका कारण आशंका गरिएको घटनास्थलसम्म पुग्न समस्या छ। उद्धारको लागि गएको हेलिकप्टर सो क्षत्रमा जान सकेको छैन। डिएसपी दानीले भने, ‘‘खोजी कार्य तीव्र पारिएको छ, तर, मौसम खराबीका कारण हेलिकप्टर जान पनि समस्या भएको छ।’’

सम्पर्कविहीन हराएको तारा एयरलाइन्सको जहाज खोज्न नेपाली सेनाको एमआई ५७ सहित फिष्टेल एयरका हेलिकप्टर परिचालन गरिएको छ। तारा एयरको हराएको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित छ। विमानमा चालक दलका सदस्यसहित २२ यात्रु सवार थिए।


Comment

One thought on “आधा बाटोमा पुगेपछि सम्पर्कविहीन भएको थियो तारा एयरको विमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved