प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। आइतबार सैनिक मञ्चमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

नेपालभ्युज

प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ – प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। आइतबार सैनिक मञ्चमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

आवधिक निर्वाचन नै गणतन्त्रको उच्चा विशेषता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जनताबाट चुनिएका प्रतिनिधिबाट मुलुक सञ्चालित भएकोसमेत बताए।

’’मुलुकको शासनसत्तामा जनचाहनाअनुसार आवधिक निर्वाचनमार्फत स्वस्थ प्रतिस्पर्धाबाट जो कोही नेपाली नागरिक छनोट हुनसक्ने लोकतान्त्रिक अभ्यास नै हाम्रो गणतान्त्रात्मक प्रणालीको उच्च आदर्श र विशेषता हो, ’’ सम्बोधनका क्रममा देउवाले भने, ’’आम जनताबाट चुनिएका जनप्रतिनिधिबाट मुलुकको शासन प्रणाली सञ्चालन भइरहेको छ।’’

हालै स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै देउवाले प्रतिनिधि सभाको चुनावसमेत सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved