विद्युत् आपूर्ति बन्द भएपछि समस्या

केन्द्र प्रमुख बेगराज पौडेलले हालसम्म ‘फल्ट’ पत्ता लाग्न नसकेको जानकारी दिए। उनले इलाम सबस्टेशनबाट सदरमुकाम वितरण गरिएको मुख्य लाइनमा समस्या रहेको बताए।

नेपालभ्युज

विद्युत् आपूर्ति बन्द भएपछि समस्या
प्रतिकात्मक फोटो।

मंगलबारे। इलाममा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ।

सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ। वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायतका दैनिक कार्य प्रभावित भएको हो।

बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द भएको छ। विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने सम्पूर्ण काम प्रभावित भएको बताइएको छ।

सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुनसकेको छैन। नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्द हुनाका कारण हालसम्म पत्ता लगाउन सकेको छैन।

केन्द्र प्रमुख बेगराज पौडेलले हालसम्म ‘फल्ट’ पत्ता लाग्न नसकेको जानकारी दिए। उनले इलाम सबस्टेशनबाट सदरमुकाम वितरण गरिएको मुख्य लाइनमा समस्या रहेको बताए।

बिहानदेखि विद्युत् नियमित बनाउन साँखेजुङतिरबाट आएको विद्युत् आपूर्ति गर्न पहल गरिएको विद्युत् कार्यालय इलामका प्रमुख पौडेलको भनाइ छ। “पटक–पटक विद्युत् आपूर्ति बन्द हुने समस्या भइरहेको छ। केवल लाइन जाँच गर्दैछौँ। फल्ट पत्ता लागेपछि मात्र समाधान निस्कन्छ,” पौडेलले भने।

इलाममा विद्युत् नआउँदा सञ्चारकर्मीलाई समेत असर परेको छ। जिल्लामा सञ्चालित इलेक्ट्रोनिक्ससँग सम्बन्धी कार्यालय तथा सङ्घसंस्थाका कामकारबाही प्रभावित हुँदा सेवाग्राही मारमा परेका छन्।

विशेषगरी राहदानी बनाउन आउने सेवाग्राहीलाई फोटो खिच्न समस्या भएपछि दुई दिनसम्म सदरमुकाम आएर बस्नुपर्ने परिस्थिति बनेको छ। विद्युत् आपूर्ति बन्द भएपछि बैंक तथा वित्तीय संस्था केहीले भने जेनेरेटर जडान गरी सेवा दिइरहे पनि महङ्गो भएको गुनासो छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved