‘महँगी बढाएर सरकारले निर्वाचनको खर्च जनतासँग असुल्न खोज्यो’

नेपालभ्युज

जनकपुरधााम। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महँगी बढाएर सरकारले निर्वाचनमा भएको खर्च जनतासँग असुली गर्न खोजेको आरोप लगाएका छन्।

महोत्तरीको गौशाला नगरपालिका ५ घैलाबजारमा आज आयोजित नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राज्यको ढुकुटीबाट चुनावमा खर्चिए रकम असुल्न सरकारले महंगी बढाएको बताए।

अध्यक्ष यादवले भने, “पछिल्लो समयमा निर्वाचनको क्रममा उम्मेदवारहरू पैसाको खोलो बगाएको छ। जसको कारण देशमा पैसाको अभाव सिर्जना भएको हो। त्यसमाथि सरकारले महंगीको नाममा सर्वसधारण जनतालाई थप पीडामा पार्दै आएका छन्।”

अध्यक्ष यादवले नवनिर्वाचित जनप्रतिनिधीलाई जनतालाई विश्वासमा लिई विकास निर्माण लगायतको गतिविधी अघि बढाउनका लागि निर्वाचित जन प्रतिनिधिलाई आग्रह गरे। देशमा बढदै गएको लुटतन्त्र र भ्रष्टाचारका गतिविधीलाई अख्तियारले रोक्न असफल भइसकेकोले अब जनलोकपाल गठन गर्न आवश्यक्ता रहेको बताए।

आफनो पार्टीले समृद्ध नेपाल निर्माणका लागि जनपक्षीय विकासमैत्री सुशासन स्थापना गर्नका लागि सरकारसँग माग गर्दै आएको यादवले बताए।

किशानहरूले भोग्दै आएका खाद्य मल,बिउ बिजन र सिंचाईका समस्या समाधान गर्न नव निर्वाचित नगर प्रमुख डा दीपेन्द्र महतोलाई जसपा नेपाल पार्टीका गौशाला नगर अध्यक्ष कुमर कान्त झाले आग्रह गरे।

कार्यक्रममा नेपाली काँग्रेसका नेता रामश्रृष्ठ महतो लगायत विभिन्न पार्टीका दुई सय नेता कार्यकर्ताहरू पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीलाई अध्यक्ष यादवले दोसल्ला र माला लगाएर पार्टीमा प्रवेश गराए।

कार्यक्रममा पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादव, मधेश प्रदेशका पूर्वमन्त्री सरोजसिंह कुशवाहा, केन्द्रीय सदस्य लक्ष्मी महतो, रामकुमारी देवीलगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved