मूल्यवृद्धि फिर्ताको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताकाे प्रदर्शन

इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन्।

नेपालभ्युज

मूल्यवृद्धि फिर्ताको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताकाे प्रदर्शन

काठमाडौं। इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन्।

सरकारले आइतबार मध्य रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्यासमा दुईसय र पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको थियो। यसैको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालय अगाडि ग्यासकाे खाली सिलिन्डरसहित प्रदर्शन गरेका हुन्।

जथाभावी मूल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए। सरकारले तत्काल मूल्यवृद्धि फिर्ता गर्नुपर्ने उनको माग छ।

आइतबार नेपाल आयल निगमले मूल्यवृद्धि गर्दै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ र  एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० ताेकेकाे थियाे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved