मिथिलाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी

निर्वाचित महतोले ७ हजार ३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरेका हुन्।

नेपालभ्युज

मिथिलाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी

जनकपुरधााम। धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका हुन्।

निर्वाचित महतोले ७ हजार ३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरेका हुन्।

त्यसैगरी, उपमेयरमा पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी हुन्।

उपमेयरमा निर्वाचित भएकी बुढाथोकीले ७ हजार ४१४ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी कोइरालाले ६ हजार ७३५ मत पाएकी हुन्।

२०७४ सालको चुनावमा मिथिला नगरपालिकामा मेयर र उपमेयरसहित बहुमत वडाध्यक्ष नेकपा एमालेले जितेको थियो। यसपटक पार्टीभित्रबाटै अन्तरघात भएपछि नेतृत्वमा पार्टीले हार व्यहोर्नुपरेको मेयरका प्रत्यासी राजारामले आरोप लगाए।

११ ओटा वडा रहेको मिथिला नगरपालिकामा यसपटक पाँचओटा वडामा नेकपा एमाले, चारओटामा नेपाली कांग्रेस र दुइटा वडामा नेकपा (एकीकृत समाजवादी)ले जितेको छ।

वडाध्यक्षहरु क्रमशः वडा नं १ मा जोगी महतो, २ मा बिहारी महतो, ३ मा रामएकपाल महतो, ४ मा चन्दबहादुर बुलन, ५ मा रामचन्द्र महतो, ६ मा नन्दकिशोर यादव, ७ मा रामबहादुर लामा, ८ मा बिन्देश्वर महतो, ९ मा दिपक थापा, १० मा सबिन थापा र ११ मा बेद वहादुर कार्की निर्वाचित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved