धनुषाको नगराईन नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले निर्वाचित

नगरप्रमुखमा कांग्रेसका उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६ मतसहित निर्वाचित भएका छन्।

नेपालभ्युज

धनुषाको नगराईन नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले निर्वाचित

जनकपुरधाम। धनुषा जिल्लाको नगराईन नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

आज बिहान (शुक्रबार) सम्पन्न भएको मतगणनाअनुसार नगरप्रमुखमा कांग्रेसका उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६ मतसहित निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत सुदिप कुमार दंगालका अनुसार यादवको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामबाबु पंजियारले ५ हजार ५१४ मत प्राप्त गरेका छन्।

यसैगरी, उपप्रमुख पदमा नेकपा एमालेकी राधादेवी यादव ५ हजार ७३० मतसहित निर्वाचित भएकी छन् ।

यादवको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रञ्जु कुमारी साहले ५ हजार ५२३ मत प्राप्त गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved