महोत्तरीको सोनमा गाउँपालिकाको अध्यक्षमा लोसपाका यादव विजयी

सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा)ले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको छ।

नेपालभ्युज

महोत्तरीको सोनमा गाउँपालिकाको अध्यक्षमा लोसपाका यादव विजयी

महोत्तरी। महोत्तरीको सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा)ले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको छ।

निर्वाचन अधिकृतको कार्यालयको अनुसार लोसपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार विशेश्वरप्रसाद यादव ४ हजार १०८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोखुल यादवले ३ हजार २४३ मत पाए।

त्यसैगरी, उपाध्यक्षमा लोसपा उम्मेदवार जहिदा खातुनले ३ हजार २९८ मत ल्याएर जित हासिल गर्दा उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रञ्जिता देवी यादव ३ हजार २४३ मत पाएर पराजित भइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved