बालेनको अग्रता कायमै, केशवसँगको मतान्तर घटाइन् सिर्जनाले

केशव र सिर्जनाको मतान्तर ४८० मतमा झरेको छ।

नेपालभ्युज

बालेनको अग्रता कायमै, केशवसँगको मतान्तर घटाइन् सिर्जनाले

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले शुरुआती दिनदेखिको अग्रता कायम राखेका छन्। अहिलेसम्मको मतगणनामा बालेनले २४ हजार ३२४ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार केशव स्थापित बालेनभन्दा ११ हजार ७५१ को मतले पछाडि छन्। स्थापितले १२ हजार ५७३ मत पाएका छन्।

स्थापितले बालेनसँगको मतान्तर घटाउन नसक्दा नेपाली कांग्रेसकी सिर्जना सिंहले भने स्थापितसँगको मतान्तर घटाएकी छन्। पछिल्लो परिणामअनुसार केशव र सिर्जनाको मतान्तर ४८० मतमा झरेको छ। सिर्जनाले १२ हजार ९० मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved