सत्ता गठबन्धनलाई पराजित गर्दै निजगढमा एमालेको ‘कमब्याक’

नेपालभ्युज

सत्ता गठबन्धनलाई पराजित गर्दै निजगढमा एमालेको ‘कमब्याक’

निगगढ । बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा एमालेले बाजी मारेको छ।

२०७४ सालमा मेयरमा यो क्षेत्र गुमाएको एमालेले कमब्याक गर्न सफल भयो। निजगढ कम्युनिष्टहरूको गढ क्षेत्र मानिन्छ। त्यसमा पनि एमाले बलियो बढी। मेयरमा सुरथ पुरी र उपमेयरमा सोममाया थिङले जित हासिल गर्न सफल भए।

एमालेले निजगढमा सत्ता गठबन्धनलाई पराजित गरी विरासत फर्काउन सफल भयो। मेयरमा पुरीले ९ हजार ४ सय ७५ मत पाए भने गठबन्धनबाट मेयरमा दोहोरिन खोजेका कांग्रेसका उम्मेदवार सुरेश खनालले ८ हजार ६ सय ५९ मत पाए।

यसैगरी उपमेयरमा एमालेकी थिङले ८ हजार ६ सय ५९ मत पाउँदा गठबन्धनका रविराज दंगालले ८ हजार ५ सय १८ मत पाए। १३ वटा वडा रहेको निजगढमा ०७४ सालको निर्वाचनमा उपप्रमुखसहित ८ वडाध्यक्ष जिते पनि एमालेले मेयरमा जित निकाल्न सकेको थिएन।

निजगढ एमालेका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलको गृहनगर हो। एमालेले यसपटक प्रमुख र उपप्रमुखसहित १३ मध्ये ५ वडा जितेको छ।

वडा नम्बर ३, ५, ६, ७ र १० गरी पाँच वडामा एमाले विजयी भएको हो। कांग्रेस अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा नम्बर २, ४, ९ र ११ सहित वडा नम्बर १०, १२ र १३ मा पनि जित हात पारेको छ। एमालेले भने यसअघिको निर्वाचनमा कांग्रेसले जितेको वडा नम्बर १० मात्रै हात पारेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved