उपप्रमुखसहित बझाङका १५ वडामा एकीकृत समाजवादीको जित

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य भानुभक्त जोशीको गृह जिल्ला बझाङमा समाजवादीले एक पालिका अध्यक्षसहित १५ वडामा जित हासिल गरेकाे छ।

नेपालभ्युज

उपप्रमुखसहित बझाङका १५ वडामा एकीकृत समाजवादीको जित

धनगढी। नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य भानुभक्त जोशीको गृह जिल्ला बझाङमा समाजवादीले एक पालिका अध्यक्षसहित १५ वडामा जित हासिल गरेकाे छ।

जिल्लाको केदारस्यु गाउँपालिका अध्यक्षमा समाजवादीका गणेश बोहरा निर्वाचित भएका छन्। यस्तै  बुङ्गल नगरपालिका उपप्रमुखमा समाजवादीका धन बहादुर बोहरा र छबिसपाथिभेरा गाउँपालिका उपाध्यक्षमा लक्षमण बोहरा विजयी भएका छन्।

२०७४ सालको स्थानीय निर्वाचनमा एमाले एक्लैले आठ पालिका जितेकोमा यसपटक भने तीन पालिका मात्रै जितेकाे छ।

जयपृथ्वी नगरपालिका वडा ३ मा समाजवादीकी गंगा खड्का, वडा ९ मा गोपाल खड्का, मष्टा गाउँपालिकाकाे ३ नम्बर वडामा धर्म धामी थलारा गाउँपालिका ९ मा लोकेन्द्र बिष्ट निर्वाचित भएका छन्।

यस्तै थलारा गाउँपालिका ६ मा अनिल बिष्ट, खप्तड्छन्ना गाउँपालिका १ काे वडाध्यक्षमा  देवी भक्त जोशी,  बुङ्गल नगरपालिका ७ मा टंक प्रसाद जोशी, बुङ्गल नगरपालिका ११ मा लोक राज जोशीले जित हात पारेका छन्।

छब्बीसपाथिभेरा गाउँपालिका-४ काे वडाध्यक्षमा अम्मराज थापा विजयी भएका छन् भने छब्बीसपाथिभेरा गाउँपालिकाकाे ५ नम्बर वडामा झलक धामी, बित्थडचिर गाउँपालिका ६ काे वडाध्यक्षमा हरिश खड्का निर्वाचित भएका छन्। समाजवादीका अम्मरराज शाहीले दुर्गाथली गाउँपालिका १ मा जित हात पारेका छन् भने केदारस्यु गाउँपालिका २ मा शेर बहादुर बिष्ट निर्वाचित भएका छन्।

केदारस्यु गाउँपालिका ३ काे वडाध्यक्ष पनि समाजवादीले नै जितेकाे छ। वीर बहादुर खात वडाध्यक्षमा निर्वाचित भएका हुन्। उक्त गाउँपालिकाकाे ८ नम्बर वडामा समाजवादीका सुरेश जेठाराले जित हासिल गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved